भारतका ओपनरद्वय रोहित शर्मा र शिखर धवन घाइते

भारतका ओपनरद्वय रोहित शर्मा र शिखर धवन घाइते भएका छन्। धवनलाई कंरङमा चोट लागेको छ भने रोहितलाई काँधमा चोट लागेको हो। 

भारत र अस्ट्रेलियाबीचको राजकोटमा भएको दोश्रो खेलमा अस्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङ् गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको नोक्सानीमा ३४० रनको विशाल स्कोर बनाएको थियो।

त्यसपछि जवाफी ब्याटिङ्मा आएको अस्ट्रेलियालाई भारतले ३०४ रनमा समेटेको थियो। तर उक्त खेलमा  फिल्डिङ्कै क्रममा काँधमा चोट लागेपछि रोहित शर्माले पनि मैदान छाड्नुपरेको थियो।

दोश्रो खेलमा ९६ रनको पारी खेलेका धवनलाई कंरङमा चोट लागेपछि धवन फिल्डिङमा समेत उत्रेनन्। उनको सट्टा युजवेन्द्र चहलले फिल्डिङ गरे। टिम व्यवस्थापनले उनलाई कस्तो र कति चोट लागेको छ बन्ने बारेमा कुनै औपचारिक जानकारी दिएको छैन।

व्यवस्थापनले उनीहरु अर्का खेलका लागि उपलब्ध हुने या नहुने बारेमा पनि केही बोलेको छैन। 

'मैले रोहितसँग यस बारेमा कुरा गरिसकेको छु। उनको काँधमा चोट लागेको छ।,'खेलपछि कप्तान विराट कोहलीले भने 'उनी यो पीडाबाट पहिला पनि पिडित थिए। आशा छ उनले अर्को खेल खेल्न सक्नेछन्।'

हाल ३ खेलको एक दिवसीय सिरिजमा १–१ को बराबरी भएको छ। दुई महत्वपूर्ण खेलाडी घाइते हुँदा भारतका लागि तेश्रो खेल कठिन हुनसक्नेछ।
 

प्रकाशित मिति: : 2020-01-18 22:27:36

प्रतिकृया दिनुहोस्