युनाइटेडको कप्तानसहित साढे आठ वर्षमा कथाको अंश बन्न मौका दिएकोमा धन्यवाद: योङ

इटालियन क्लब इन्टर मिलानले म्यान्चेष्टर युनाइटेडका डिफेन्डर एस्ले योङलाई भित्र्याएको छ। गत अगष्टमा मात्र रोमेलु लुकाकुलाई भित्र्याएको मिलानले पुनः युनाइटेडकै खेलाडी योङलाई साढे १ मिलियन युरोमा लिने सहमति गरेको हो।

योङ मिलान जान ईच्छुक रहेको बताउँदै आएका थिए। सोही कारण उनी पछिल्ला तीन खेलमा मैदान उत्रिएका थिएनन्। उनी शुक्रबार इन्टर मिलानमा पुगेका छन्। 

उनको शुरुमा मेडिकल परीक्षण हुनेछ। त्यसपछि मात्रै सम्झौता हुने बुझिएको छ। मिलानले योङ क्लबमा अनुबन्ध हुने पक्का भएसँगै सामाजिक सन्जाल ट्वीटरमा ह्यासट्यागनटफरइभ्रीवान नारा राख्दै स्वागत गरेको छ।

३४ बर्षका डिफेन्डरले योङले युनाइटेमा साढे ८ बर्ष बिताएका थिए। उनले यस सिजन क्लबको कप्तान सहित युनाइटेडका लागि २ सय ६१ म्याच खेले। उनले यस सिजनमात्र १० लिग खेल खेलेका थिए। साथै २०१५–१६ को एफ ए कप, लिग कप र युरोपा कपको उपाधि हात पार्दा उनी टिमका सदस्य थिए।

योङले युनाइटेडले मौका दिएको र विभिन्न ट्रफीहरु जित्दाको क्षण अविस्मरणीय रहेको भन्दै साढे आठ वर्षमा युनाइटेडको कप्तानसहित कथाको अंश बन्न मौका दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले युनाइटेडका समर्थकहरुलाई समेत धन्यवाद दिँदै फेरि पनि भेट्न सकिने बाँचा गरेका छन्।

यता युनाइटेडले डिफेन्डर ह्यारी मग्वाएरलाई कप्तान नियुक्त गरेको छ। युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले टिमको कप्तानी मग्वाएरले गर्ने पुष्टि गरेका छन्।

युनाइटेडले कीर्तिमानी मूल्यमा डिफेण्डर मग्वायरलाई लिसेस्टरबाट करिव छ महिना अघि मात्रै अनुबन्ध गरेको थियो।

युनाइटेडले मग्वायरका लागि ८० मिलियन पाउण्ड तिरेको हो। यो कुनै पनि डिफेण्डरका लागि खर्चिएको कीर्तिमानी मुल्य हो।

यसअघि कीर्तिमानी डिफेन्डरको रुपमा लिभरपुलले साउथहाम्पटनबाट डिफेन्डर भर्जिल भान डाइकलाई ७५ मिलियन पाउन्डमा क्लब भित्राएको थियो।

प्रकाशित मिति: : 2020-01-18 20:06:36

प्रतिकृया दिनुहोस्