केएल राहुलको बिस्फोटक ब्याटिङमा भारत पुनः लयमा फर्कियो

केएल राहुलले ३८ बलमा अर्धसतक पुरा गरे। उनले ५२ बलमा ८० रन बनाए। भारतले विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तको स्थानमा मनिष पाण्डेलाई टिममा समावेश गराएको थियो।

एजेन्सी

राजकाेट

अस्ट्रेलियालाई दोस्रो एकदिवसीयमा ३६ रनले पराजित गर्दै भारतले पुनः शृंखलामा पुनरागमन गरेको छ। 

शुक्रबार राजकोटमा भएको दोस्रो खेलमा ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको भारतले तीन वटा एकदिवसीय शृंखलालाई १–१ को बराबरीमा ल्याएको हो। 

अब तेस्रो तथा निर्णायक एकदिवसीय १९ जनवरीमा बेङलुरुमा हुनेछ। 

भारतले बनाएको विशाल योगफल पछ्याउने क्रममा भ्रमणकारी कंगारु टोलीले ४९ दशमलव १ ओभरमा ३ सय ४ रन मात्र बत्रबनायो। उसले पुरै विकेट गुमायो। 

अस्ट्रेलियाली कप्तान एरोन फिन्चले टस जितेर भारतलाई ब्याटिङका लागि बोलाएका थिए। जसमा शिखर धवन, कप्तान विराट कोहली र केएल राहुलको बिस्फोटक अर्धसतकको सहयोगले भारतले विशाल योगफल बनायो। 

कंगारु टोलीका लागि एडम जाम्पाले ३, केन रिचर्डसनले २ विकेट लिए। राजकोट मैदानमा भारतको यो पहिलो जित थियो। 

३ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथ सतकबाट २ रनले चुके। उनले ९८ रन बनाए। डेभिड वार्नर १५, फिन्च ३३, एलेक्स केरी १८ र एस्टन टर्नर १३ रन बनाएर आउट भए। 

एकदिवसीयमा डेब्यु गरेको मार्नस लाबुसाने ४६ रनमा जडेजाको बलमा मोहम्मद सामीले क्याच पकडेर आउट भए। भारतका लागि मोहम्मद सामी, जडेजा र कुलदीप यादवले २–२ विकेट लिए। 

रोहित शर्मा र धवनले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै भारतलाई गतिलो सुरुवात दिलाएका थिए। रोहित ४२ र शिखर ९६ रनमा आउट भए। धवन केन रिचर्डसनके बलमा स्टार्कद्धारा क्याच भए। कप्तान विराटले ७८ रनमा आउट भए। उनी एकदिवसीयमा पाँचौ पल्ट एडम जम्पाको शिकार बने। 

केएल राहुलले ३८ बलमा अर्धसतक पुरा गरे। उनले ५२ बलमा ८० रन बनाए। भारतले विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तको स्थानमा मनिष पाण्डेलाई टिममा समावेश गराएको थियो। यस्तै शार्दुल ठाकुरको ठाउँमा नवदीप सैनी टिममा समावेश थिए। अस्ट्रेलियाली टिममा कुनै फेरबदल गरिएको थिएन। 
 

प्रकाशित मिति: : 2020-01-18 12:33:40

प्रतिकृया दिनुहोस्