केन्द्रीय सदस्य जोशीले भने : 'काङ्ग्रेस विधिविधानमा चल्न सकेन'

फाइल तस्बिर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताएका छन्।

 बिहिबार विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य जोशीले नेपाली काँग्रेसभित्र भएको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताएका हुन्।

'नेपाली काँग्रेस अब सच्चिन जरुरी छ', उनले भने, 'पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ।'

नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आयोजना गरेको उक्त कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2020-01-16 20:02:50

प्रतिकृया दिनुहोस्