गढीमाई मेला हेरेर फर्किने क्रममा भएको बिभिन्न छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई बालबालिकको मृत्यु भएको छ।
गढीमाई मेला दर्शन गरेर फर्किने क्रममा महागढीमाई नगरपालिका–७ बेनौली चोकमा बुधवार साँझ भारतीय नम्बर प्लेटको स्कुटीमा सवार भारत अदापुर थाना बस्ने बिजय साहको ५ बर्षिय छोरा रिझन साहको खसेर अनटेष्ट ट्याक्टरले किच्दाँ घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
त्यस्तै बाराको महागढीमाई नगरपालिका वडा नम्बर–२ बरियारपुर टोलमा नम्बर नखुलेको भारतीय टेम्पुको ठक्करबाट बुधबार साँझ एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत मोतीहारी बस्ने सुजित साहकी ४ महिने काँखे छोरी ज्योती साह रहेकी छिन्। टेम्पुको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताए।