३५ लाख मूल्य बराबरको मोबाइल बरामद

नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ। 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको बस चेकजाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो। 

फोनका सेटलाई अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय सानो गौचरण पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-16 12:24:21

प्रतिकृया दिनुहोस्