नयाँ नियम मकर संक्रान्तिको दिनबाट लागु गर्ने तयारी भएको छ।
उज्जैनको महाकाल मन्दिर जस्तै वाराणसीको काशी विश्वनाथ मन्दिरमा पनि ड्रेस कोड लागु हुने भएको छ। निर्धारित ड्रेस कोडअनुसार काशी विश्वनाथलाई स्पर्श गर्न अब पुरुषले धोती र कुर्ता लगाउनु पर्नेछ भने महिलाका लागि साडी अनिवार्य हुनेछ।
पारम्परिक लुगा लगाउने भक्तले मात्र विश्वनाथको मूर्तिलाई छुन पाउने छन्। जिन्स, सर्ट, सुट लगायत अन्य पहिरनमा हुने भक्तले मन्दिरको दर्शन त गर्न पाउने छन् तर उनीहरूलाई मुख्य मुर्तिको स्पर्श निषेध हुनेछ।
काशी विश्वनाथ मन्दिरको स्पर्श दर्शनका लागि ड्रेस कोड लागु भएपछि दर्शनको अवधि पनि बढ्ने छ। यसको निर्णय आइतबार मन्दिर प्रशाषन र काशी विद्धत परिषद्का विद्धानको बैठकले गरेको हो।
नयाँ नियम मकर संक्रान्तिको दिनबाट लागु गर्ने तयारी भएको छ।