पहेंलो टिसर्ट लगाएको र हातमा एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मोरङको रतुवामाई नगरपालिका–७ रतुवा खोलाको डिलमा रहेको काँसघारीमा एक पुरुषको शव फेला परेको छ।
पहेंलो टिसर्ट लगाएको र हातमा एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीकाअनुसार अन्दाजी ६०–६५ वर्ष जस्तो देखिने तराई मूलको पुरुष मृत भेटिएको हो। काहीँबाट आएका पुरुष गन्तव्यसम्म पुग्न नसक्दा त्यहाँ चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।
शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ। मृत भेटिएका पुरुषको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।