दरबारमार्गमा यती समूहको भवन निर्माण रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

बिएल संवाददाता

काठमाडाै‌ं

उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यो आदेश दिएको हो। भवनको संरचना पूरा भइसकेको छ भने अहिले भित्री निर्माणहरु जारी रहेको छ। 

नेपाल ट्रस्टले यती समूहसँग गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै परेको रिटमा अदालतले यो सम्झौता यथास्थितिमा राख्न र सम्झौताअनुसारको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ र दुवै पक्षलाई १ माघमा छलफल गर्न बोलाएको छ।

नेपाल ट्रष्टले मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा ३० वर्षका लागि यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएको थियो। यसले राज्यलाई पाँच अर्ब नोक्सान भएको भनी अधिवक्ता परिवर्तन राईले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए।
 

प्रकाशित मिति: : 2020-01-11 06:33:20

प्रतिकृया दिनुहोस्