वैदेशिक सहयोग लिँदा अवरोध गर्न हुँदैन: मन्त्री पोखरेल

बिएल संवाददाता

काठमाडाै‌ं

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वार्थका लागि हित हुनेछ भने त्यसमा अवरोध गर्न नहुने बताएका छन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘समावेशी विकास र समृद्धि’ विषयक कार्यक्रममा उनले राष्ट्रिय हित अनुकूल छ भने जुनसुकै देशको पनि सहयोग लिन सकिने स्पष्ट पारे। चिनियाँ सहयोग परियोजना सैन्य गतिविधिसँग सम्बन्धित नभई विकास परियोेजनासँग सम्बन्धित रहेको उनले बताए।  

चीन र जापानको सम्बन्धबारे उदाहरण दिँदै उहाले दुई देशबिच सम्बन्ध राम्रो नभएपनि जापानले गरेको आर्थिक सहायता चीनले लिएको बताए। पोखरेलले समावेशी विकास र समृद्ध नेपालका लागि योजना तर्जुमा, कार्यान्वयन, निरीक्षण तथा मूल्याङ्कनमा तीनै तहका सरकारको सक्रिय संलग्नता र सहभागितामा प्रभावकारी स्रोत परिचालन आवश्यक रहेको धारणा राखे। नेपालले गर्दै आएको अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाएर विकास र समृद्धिका लागि ठीक बाटो समातेर सरकार अघि बढिरहेको उनले भनाई छ। 

त्यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले पूँजी र भूमिको माध्यमबाट हुनेभन्दा ज्ञानको माध्यम्बाट हुने समृद्धिको बजार निकै ठूलो रहेको बताए। उनले अन्तरराष्ट्रिय जगतले नेपालको लोकतन्त्रिक परिपाटीको माध्यमबाट अपनाइएका विकासका प्रणाली, आर्थिक विकासका नीति, स्वरुप, प्राथमिकता र रणनीतिलाई सहर्ष स्वीकार गरेका बताए।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडले सङ्घीयताका माध्यमबाट समावेशी विकास र समृद्धिको बाटोमा अघि बढिरहेको नेपाललाई अष्ट्रेलियाले सहयोग पु¥याउँदै आएको बताए।  
 

प्रकाशित मिति: : 2020-01-08 05:24:50

प्रतिकृया दिनुहोस्