कुन दलको सरकार बनेको छ छाडिदिनुस्, सबैलाई सघाउनुपर्छ: कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार  बोल्दै उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे।

 उनले भने, 'शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस्। सबै सरकारलाई सघाउनुपर्छ। सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ।'  

 प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे।  


 

प्रकाशित मिति: : 2020-01-05 23:44:41

प्रतिकृया दिनुहोस्