विराटनगर माेरङकाे रंगेलीमा रहेको मारवाडी युवा मञ्चले रंगेली अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुलाई फलफुल तथा कम्मल वितरण गरेको छ।
१५ थान कम्मल अस्पतालका मेडिकल सुपरटेण्डन रोहेन्द्र पाडेलाई हस्तान्तरण समेत गरिएको हो। उक्त कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका महासचिव मनोज अग्रवाल, सदस्य राजेश लखोटिया, युवा दिवस आयोजना समितिका संयोजक संदिप लालवानी, रंगेलीका अध्यक्ष प्रकाश चिरानीया, उपाध्यक्ष मुकेश गिदरा, महासचिव मनोज सरावागी सदस्य राजेश गोल्यान लगायतले लगायतको सहभागीता थियोे।
युवा मञ्चले रंगेली अस्पताललाई ६ महिनाका लागी आवश्यक सरसफाइका सामाग्री उपलब्ध गराउने प्रतिवद्ता समेत गरेका छन्।