जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५, काठमाडौंमा पनि चिसो बढ्दै

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ। मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो।

बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद्ले जानकारी दिएका छन्। सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ छ।

यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो। यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो।

महाशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्ला र काठमाडौंपछि दाङमा चिसो छ। त्यहाँको न्यूनतम तापक्रम ३.५ छ। त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६.५ तथा धनकुटा र डडेल्धुराको समान ६.८ डिग्री सेन्टिग्रेड मापन भएको छ।

प्रकाशित मिति: : 2019-12-25 23:42:19

प्रतिकृया दिनुहोस्