नेपाली खाना हाम्राे शरीरका लागि 'ब्यालेन्स डाइट' हो : डाक्टर निर्मला (भिडियोसहित)

बीएल

पूर्खाकाे पालका धेरै खानेकुरा र रहनसहन वैज्ञानिक छन्।

तर आजभोलि हामी पश्चिमा संस्कृतिको देखासिकी गर्दै आफ्ना रितिरिवाज र खानपिन बिर्सिरहेका छौ।

अहिले कतिपय एलोपेथिक औषधीले निको नगरेका रोगहरु आर्युवेदले निको पारेकाे घटना बाहिर आइरहेकाे छ। 

आर्युवेद चिकित्सक डाक्टर निर्मला सुवालले पाँच वर्ष होटल द्ववारिकामा विदेशीसँग काम गरिन् ।

अहिले उनले आफ्नै हेल्थ होम खोलेकी छिन् । उनले विदेशीसँग पाँच वर्ष नेपाली व्यालेन्स डाइटकै बारेमा कुरा गरेर बिताइन्।

हाम्रो जडीबुटी, रहनसहन र खानपिनमा विदेशीहरुले धेरै नै रूची राख्ने गरेको उनले बताइन्। डाक्टर निर्मला भन्छिन् ‘मेरो काम नै उनीहरुलाइ यस्तै बारेमा गफ दिने जस्ते भैसकेको थियो ।’ हामी हाम्रो रहनसहन, रितिरिवाज र खानपिन विर्सर्दै गर्दा विदेशीहरु हाम्रो परम्परागत खानपिन तिर आकर्षित भएको हुँदा अचम्म लाग्ने गरेको पनि उनले सुनाइन् ।

बिएल नेपाली सेवाले आर्युवेद चिकित्सकसँग नेपाली खानेकुरामा व्यालेन्स डाइटका बारेमा गरेको कुराकानी भिडियो सहित बुँदागतरुपमा प्रस्तुत गरेका छौ ।  

१. नेपालीले आफ्नो माटोमा जुन तेल उत्पादन हुन्छ। त्यही खानुपर्दछ। जस्तैः तोरीको तेल, सुर्यमुखी तेल, तिलको तेल,नारिवलको आदि। किनभने दक्षिणपूर्वी एशियामा बस्ने हामीलाई , हाम्रो शरीरले यही पचाउने गर्दछ । पूर्खादेखि हाम्रो यही चलिआएको। 

वातावरणीय प्रभाव पनि यही रहिआएको छ। हामीले देखासिकीमा अलिभ वेल लगायतका विभिन पश्चिमा अमेरिकन सोसाइटीका खानेकुरा प्रयोग गर्दा त्यो माटोमा उव्जनी भएको खनिज पदार्थ हाम्रो शरिरलाइ फाइदा हुँदैन । ति खनिज पदार्थहरु नराम्रो होइन तर त्यहाँका मानिसहरुको लागि उत्पादन गरिएको हो। उनीहरुको शरीरका लागि फाइदाजनक हुन्छ ।

२. पानी पिउँदा पनि धेरै ख्याल राख्नुपर्दछ । खाना खानु आधा घण्टाअघि र आधाघण्टा पछि मात्र पानी पिउने गर्नुपर्दछ । खाना खाँदा धेरै नै समस्या भएमा बीचबीचमा  एक घुट–दुई घुट पिउन सकिन्छ। यदी खाना खाँदा धेरै पानी पिएमा पाचन शक्ति कमजोर हुन्छ। यसले पाचनप्रक्रियालाई सक्रिय हुन दिदैन्। तामाको भाँडामा पानी राखेर पिएमा सकारात्मक उर्जा मिल्दछ।

दसैंको बाडुली

३. आर्युवेद पद्यती अनुसार घ्यूले शरीरमा अग्नि उत्पादन गर्दछ अर्थात शरीरमा पाचन प्रक्रिया बढाउने काम गर्दछ । अहिले युवायुवती घ्यू खाँदा मोटाइन्छ भनेर घ्यू खाँदैनन्। घ्यू खाँदा प्राय एक चम्चा सिधै खानामा राखेर खानुहुँदैन । खानुअघि यसलाइ तताएर खाँदा अर्थात् दाल झानेमा यसले फाइद्या गर्छ। घ्यू खाएपछि मनतातो पानी पिउँदा राम्रो हुन्छ । 

४. हामीले साधारण खानेकुरा खानुपर्दछ अर्थात शरीरले धेरै बेरसम्म पाचन गर्न नसक्ने खाना खानु हुँदैन। जस्तै पिजा, वर्गर, स्याण्डविच लगायत हाइप्रोसेस गरेको खाना पचाउन शरीरले समय लगाउछ। आजभोली बढ्दो व्यस्तताले पनि शारिरीक कार्यभन्दा पनि मानसिक कार्य बढी हुन्छ । त्यसैल पिज्जा, मासु जस्ता खानाहरु कम गर्नुपर्दछ ।

मलाई मेरो बाइलाइन 'सुसाइड नोट' बनाउनु छैन

वास्तवमा मासु हाम्रो शरीरले पचाउन ४ देखि ५ घण्टा लाग्दछ भने १२ देखी १४ घण्टा शरीरबाट बाहिर निस्कन लाग्दछ। साधारण खानेकुरा एक देखि २ घण्टामा पाचन गरेर शरीरबाट बाहिर निस्कन्छ । तरकारी हाम्रो शरीरले ३० मिनेट देखि ४० मिनेटमा पाचन भएर बाहिर आँउछ। त्यसैले व्यस्त जीवनशैली भएको र शारिरीक व्याम थोरै छ भने साधारण खानेकुरा खानु उपयुक्त हुन्छ ।

हट्हट् जुम्ली-घाेडा : जसको चाबुकमा दम, उसकै घोडा 'शिकन्दर' !

५. काजु,बदाम, किसमिस, वालनट्स जस्ता खनिज पदार्थ खाएमा रोगसँग लड्ने क्षमता बढाउछ। तर यही खनिज पदार्थ बढी खाएमा शरीरलाई हानी पुर्याउछ। अर्थात पचाउन सक्दैन यि पदार्थहरुलाई पचाउन शरीरले २ देखि ३ घण्टा लगाँउछ। गाँउघरमा हामीले आफूसँग भएको सूर्यमुखी फुलको बिया,तिलको बिया, फर्सीको बिया लगायतका नट्सहरु पनि खानसक्छौ।

प्रकाशित मिति: : 2019-10-06 14:27:37

प्रतिकृया दिनुहोस्