असल सदमार्ग सिकाउने पाठशालाको रूपमा सामाजिक सेवा केन्द्र

बिएल

भनिन्छ जन्म दिएर मात्र कोही कसैको बाबु बन्न सक्दैन। बाबु त्यो बेला बन्न सक्छ।जसले जन्मका साथै शिक्षाको माद्यमबाट असल कर्म दिएर आफ्ना सन्ततीलाई सदमार्गमा लगाउन सक्छ।

समाजमा बाबु बन्नैको लागि विवाह गर्नेपर्ने पनि नहुँदोरहेछ। सामाजिक सेवाभाव बोकेर समाज सेवा नै आफ्नो धर्म सम्झेर समाजमा असहाय, दुःखी, शोसित, उत्पीडित, बेसहरा र टुहुराको अभिभावकत्व ग्रहण जसले गर्छ त्यो सदैव सबैको सधैको लागि असल बाबु बनिरहेको हुन्छ। यसको ज्वलन्त उदाहरण ललितपुर जिल्ला जावलाखेलमा रहेको सेन्ट जेविर्यस समाजिक सेवा केन्द्र हो।

विक्रम सम्बत २०२७ सालमा स्थापना भएको यो समाजिक संस्था यत्तिखेर सबैको आश्रयस्थलका साथै भविश्य निर्धारण केन्द्रको रुपमा आफूलाई स्थापित गर्दै आएको छ।

अमेरिकन नागरिक फादर ग्याफनिजले स्थापना गरेको यो संस्था असहाय बेसहरा आर्थिक विपन्नता र अभिावकत्व गुमाएकाहरुको लागि असल सदमार्ग सिकाउने पाठशालाको रुपमा परिचित छ।

नेपालको इतिहासमा समाजिक संस्था मध्येको अग्रणी संस्थाको रुपमा सेन्टजेविर्यस समाजिक सेवा केन्द्र मानिन्छ। मानिस कोही कसैसँग एक पटक मिलन भएपछि जीवनमा विछोड नहोस् भन्ने चाहान्छ। तर, जीवनको यात्रामा सबै भन्दा बढी विछोडका घटनाले नै ब्यक्ति र समाजलाई विछिप्त बनाइरहेको हुन्छ।

जीवनमा एकपटकको विछोड पछि पुर्नमिलन अपवादको रुपमा मात्र हुने गर्छ। ४९ वर्षअघि सेन्टजेवियर्स सामाजिक सेवा केन्दमा बसेर अध्ययन गरेका राजन पुरीले साथीसँगको पुर्नमिलनले जीवनको नयाँ अध्याय शुरु भएको बताए।

‘हिजोका दिनसम्म आफ्नो जीवनयात्रालाई कसरी अगाडि हाक्ने भन्ने थियो तर आजदेखि अर्काको लागि पनि केहि गर्नु पर्ने छ भन्ने जिम्मेवारी महशुस भएको छ’, पुरीले भने।

संसारको भाग्यमानी मध्येमा आफू एक भएको बताउने ओखलढुङ्गाका भाइकाजी गुरुङ्गले विगतमा विताएको बालापनलाई पुर्नमिलन कार्यक्रमले यादगर दिलाएको बताए।

उनले भने, ‘यसरी पाँच दशक अघिका अग्रजसँग पनि भेट होला भन्ने लागेको थिएन तर भेट भयो। अनुभव साटासाट गर्ने अवसर मिल्यो जसले पुराना र नयाँलाई एउटै थलोमा राखेर सामाजिक सेवा गर्ने अवसर प्राप्त भयो। यसले सामाजिक सेवाको अभियानलाई अझ सशक्त बनाउनेछ।’

सेन्टजेवियर्स समाजिक सेवा केन्द्र जावलाखेलले आयोजना गरेको पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रममा सामाजिक सेवा केन्द्रका फदर अमृत राईले पूर्व विद्यार्थीको पुर्नमिलन दिवस आजको आबश्यकता भएको बताउदै एक ब्यक्ति जति नै सफल भए पनि कुनै संस्था दिर्घकालिन रूपमा चलाउन एकीकृत एकता आबश्यक रहने बताए।

रिसलाई घटाउँदै क्षमतालाई गुणान गर्दै लैजानुपर्ने मान्यता अनुरुप सेवा केन्द्रमा बसेर अध्ययन गरि विभिन्न निकायमा काम गरेको जनशक्तिको ज्ञान विवेकलाई एकिकृत गरि सामाजिक सेवामा लगाउन आबश्यक भएकाले जीवनमा धेरै कुरा गर्न सकिने भए पनि महत्वपुर्ण कुरा अहिले नै गर्नुपर्छ जसले लिएको लक्ष्यमा सार्थकता प्राप्त गर्न सकिने फादर राईको भनाई थियो।

अवसर नै नदिएर कसैले केही गर्न सकेन भनेर भन्नु भन्दा काम गर्ने अवसर दिएर हेर्न आवश्यक रहेको बताउँदै सबै क्षेत्रमा सकारात्मक सोचको विकास गर्नु आवश्यक रहेको पनि फादर राईले बताए।

संस्थाका निर्देशक दिलिप कुमार टोक्पो र इन्चार्ज हरि दाहालले विकट क्षेत्र र बस्तीमा रहेका आर्थिक विपन्न असहाय टुहुरा दिर्घरोगी अशसक्तको सेवाको लागि संस्था सदैब लागि रहेको उल्लेख गर्दै संस्थाको प्रभावकारीतामा पूर्वविद्यार्थीको सहभागिता र रचनात्मक सहयोगले थप उर्जा मिल्ने बताए।

कार्यक्रमको अवसरमा फादर अमृत राई र पूर्व विद्यार्थी राजन पुरीले संयुक्त रुपमा बृक्षारोपण समेत गरेका थिए।

पुर्नमिलनको अवसरमा सामाजिक सेवा केन्द्रलाई अझ शसक्त र प्रभावकारी बनाउन र असहाय अशक्त टुहुरा बेसहारा र आर्थिक विपन्न परिवारलाई भविश्यमा सहयोग गर्ने गरि हरि दाहलको संयोजक रहेको संस्थाको मातहतमा पुर्वविद्यार्थीहरु सम्मिलित सहयोग कोष क्रियाशिल समिति गठन समेत गरिएको छ।

विगत सम्झाउने फोटो प्रदर्शनी

पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रमको अवसर पारेर सेन्टजेवियर्स सामाजिक सेवा केन्द्रको प्राङ्गणमा फोटो प्रदर्शनी समेत गरिएको थियो।

म कस्तो थिए,कहाँबाट कहाँ पुगे विगत के थियो अव के गर्नु पर्छ भन्ने नयाँ सोचको विकास गर्न सकियोस भन्ने उदेश्यले फोटो प्रदर्शनी गरिएको सामाजिक केन्द्रले बताएको छ।

केन्द्रको भित्ता र रजिस्टरमा टाँसिएर राखिएका आफ्नो विगतको फोटो नियाल्न पूर्व विद्यार्थीहरुलाई भ्याइनभ्याई थियो।

पूर्व विद्यार्थी अमर तिमिल्सेनाले फोटो प्रदर्शनीले विगतलाई सम्झाएर बर्तमानलाई नियालेर भविश्यलाई मार्ग निर्देश गर्न सहयोग पुर्याउने बताए।

सामाजिक केन्द्रमा बसेर अध्यायन गर्दा प्राप्त समाजिक सेवाभावलाई दिर्घकालिन रुपमा निरन्तरता दिन समेत फोटो प्रदर्शनी कोशे ढुङ्गा सावित हुने तिमिल्सेनाको भनाई थियो।

वर्षलाई गणना नगर सम्झनालाई बाचाई राख भन्ने नाराका साथ गरिएको पुर्नमिलन कार्यक्रममा सामाजिक सेवा केन्द्रको मातहतमा रहेको अरुणा भवनका साना भाइबहिनीहरुले नृत्य लगायतका सांस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए।

देशभर छरिएर रहेका विभिन्न पेशमा आवद्द पूर्व विद्यार्थीहरुको कार्यक्रममा बाग्लो उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-11-24 10:53:51

प्रतिकृया दिनुहोस्