नयाँ बानेश्वर चोकमा सवारीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

बिएल

नयाँ बानेश्वर चोकमा भएको सवारी दुर्घटना परी एक पैदल यात्रुको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा डा. प्रभु जोशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जोशीलाई ठक्कर दिने सवारी यकिन भइनसकेको प्रहरीले जनाएको छ। यद्यपी ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिहानकै समयमा जोशीलाई ठक्कर दिएर सवारीसाधन भागेको हुनसक्ने प्रहरीको अनुमान छ। 

सो क्षेत्रको सीसीटी फुटेजको अध्ययन गरी घटनाबारे अनुसन्धान भइरहेकाको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-24 09:13:13

प्रतिकृया दिनुहोस्