प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गौशाला र वीरगञ्जबाट मकवानपुरका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल पक्राउ गरेको हो ।
ब्युरोका एसपी वेलबहादुर पाण्डेका अनुसार उच्च अदालत, पाटनको २१ मंसिर २०७१ को फैसलाले सञ्जलाई ३ वर्ष कैद र एक करोड ९५ लाख २६ हजार रुपैयाँ र लक्ष्मीदेवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार जरिवाना सजाय हुने ठहर गरेको थियो ।
तर, सजाय बेरुजु रही फरार रहेको अवस्थामा दुवैलाई पक्रा गरी कैद भुक्तानका लागि कारागार पठाइएको पाण्डेले बताए । उनका अनुसार दुवै जनाले २५ फागुन २०६७ मा क्रिष्टल फाइनान्स लिमिटेड, थापाथलीबाट आफू खुशी अस्वभाविक रुपमा जग्गा मूल्यांकन गरेर कर्जा दुरुपयोग गरेको आरोप लागेको थियो ।