राजधानीको टोखाबाट १ लाख ५९ हजार रकम सहित ८ जुवाडे पक्राउ

प्रतिकात्मक तस्बिर

प्रहरीले राजधानीको टोखाबाट ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा राजेन्द्र शाही, सोमबहादुर मगर, बुद्धिलाल मगर, जित गुरुङ, मानकाजी गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोष कुमार दाहालको कमाण्डमा खटिएको टोलीले टोखा १० बाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ

प्रकाशित मिति: : 2019-11-01 22:42:20

प्रतिकृया दिनुहोस्