नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मौसम सुरू भैसकेको छ । कात्तिक ८ गते अर्थात् अक्टोबर २५ शुक्रबारदेखि यमपञ्चक सुरू हुदैछ ।
यही बीच नेपाल पञ्चाङ निर्णायक समितिले कात्तिक १२ गते परेको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार भाइटीकाको उत्तम साइत कात्तिक १२ गते मंगलबार तदअनुसार अक्टोबर २९ तारिख दिनको ११ बजेर ५५ मिनेटमा रहेको छ । तर, दिनभर भाइटिका लगाउन सकिने बताउँदै उनले राज्य सञ्चालकका लागि त्यो साइत भए पनि सर्वसाधारणले भने आफ्नो अनुूकल पारेर टिका लगाउन सक्ने पनि बताएका छन् ।
कात्तिक ८ गते अर्थात् अक्टोबर २५ शुक्रबारदेखि यमपञ्चक सुरू हुदैछ । नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार कात्तिक ८ गते धनवन्तरी जयन्ती र धनतेरस परेको छ । कात्तिक ९ गते कागतिहार, कात्तिक १० कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
यसैगरी कात्तिक ११ गते गाई, गोरु र आत्म (म्ह) पूजा भने ११ दिन परेको छ । कात्तिक १२ गते तिहार र नेपाल सम्वतको नयाँ वर्ष समेत परेको जनाइएको छ ।