विगत एक वर्षभन्दा बढी देशभर चर्चामा रहेको ‘निर्मला हत्या प्रकरण’ अहिले ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ भन्ने नेपाली उखान झैं हुने देखिएको छ।
२०७५ भदौ ४ गते निर्मला हत्या प्रकरणमा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका ४२ वर्षीय दिलिपसिंह विष्टमा नै गएर टुङ्गिने संकेत देखिएको छ।
सुरूमा दिलिप सिंहलाई पक्राउ गर्दा विरोधमा उत्रिएकी निर्मलाकी आमा दुर्गा देवी पन्त नै यू-टर्न भएकी छिन्। सुरूमा आफूलाई दिलिपको बारेमा जानकारी नभएको र पछि उसको बारेमा थाहा पाउँदै गएपछि प्रहरीले गरेको अनुसन्धान सही हुने र पुन: विष्टमाथि अनुसन्धान हुनुपर्ने बताउँन थालेकी छिन्।
दुर्गादेवीले गत भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा दिलिप विरुद्ध किटानी जाहेरी समेत दिइसकेकी छिन्।
दुर्गादेवीले उजुरी दिएको एक महिनाभन्दा बढी समय वितिसक्दा पनि प्रहरीले अझैसम्म विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकेको छैन।
निर्मला प्रकरणलाई नै लिएर प्रहरीले विभिन्न समिति बनाएर अनुसन्धान गरेपछि विष्टलाई घेरामा पारेर कसैले अनुसन्धान नगरेको देखिन्छ।
निर्मलाको ‘भेजिनल स्वाव’ (योनीबाट संकलन गरिएको डिएनएसँग दिलिप सिंहको डिएनए मेल नखाएपछि२०७५ भदौ २६ गते सरकारी वकिल कार्यालयबाट निज दिलिप बिष्टलाई हाजिर जवानिमाछोडेको थियो।
तर राष्ट्रिय मानव अधिकार आयोगले डिएनए विज्ञ सहितकोटोली गठन गरी उक्त टोलीले डिएनए परीक्षणमा नै त्रूटि भएको, जुन विधिबाटडिएनए परीक्षण गरियो त्यसले बंश मात्र पहिचान गर्ने र ब्यक्ति पहिचान नैनगर्ने भएको देखाएको थियो।
आयोगले बुझाएको प्रतिवेदनमा अब डिएनएको भर नपरी ह्युमन इन्टेलिजेन्सको आधारमा अनुसन्धानअघि बढाउन भनी सुझाव दिएको अवस्थामा दुर्गा देवीको विष्ट विरुद्धमा दिएको किटानी जाहेरी निकै महत्वका साथ हेरिएको छ।
गृह मन्त्रालयले केही साताअघि मात्र डिएनएको छानबिन गर्नफोरेन्सिक एक्स्पर्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिले अहिले डिएनएको विषयमा छानबिन गरिरहेको छ। समितिले छानबिन गरेर डिएनए गलत भएको रिपोर्ट देखाएमा दिलिप फेरि अनुसन्धानमा तानिने देखिएको छ।
कसरी यूटर्न भइन् दुर्गादेवी
दुर्गादेवीले दिलिप विष्ट बिरूद्ध जाहेरी दिनुको पहिलो कारण मानव अधिकार आयोगमा उल्लेख गरिएको कारण पनि भएको देखिएको छ।
दुर्गादेवीले दिएको जाहेरीमा भनिएको छ,‘डिएनए परीक्षणमा नै त्रूटि भएको, जुन विधिबाटडिएनए परीक्षण गरियो त्यसले बंश मात्र पहिचान गर्ने र ब्यक्ति पहिचान नैनगर्ने भएकोले अब डिएनएको भर नपरी ह्युमन इन्टेलिजेन्सको आधारमा अनुसन्धानअघि बढाउन भनी सुझावसमेत दिएको हुँदा डिएनए नमिलेर छोडिएको भनिएको निज दिलिप सिंह विष्टले घटना घटाएन होला भन्ने अवस्था नरहेको।'
त्यस्तै दुर्गादेवीले दोस्रो कारण दिलिपले प्रहरीमा दिएको साविति बयानलाई देखाएकी छिन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) बाट डिएसपी अंगुर जिसिको नेतृत्वमा गएको टोलीले दिलिपसँग बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेका थिए। तर, प्रहरीले बयान लिएको भिडियो गोप्य राखेको थियो। भिडियो सार्वजनिक भइसकेपछि आफूले हेरेकाले दिलिपप्रति शंका लागेको बताएकी छिन्।
दुर्गादेवीले दिएको किटानीमा भनिएको छ, 'भिडियो मिडियामार्फत सार्वजनिक भई हेर्दा दिलिपले वयानका क्रममा २०रुपैयाँ निर्मलाको साथमा फेला परेको, घाँटीथिची मारेको, सुरूवाल एकापट्टीको मात्र फुकालेको र माथिको लुगा नफुकालेको, सुरूवाल फाटेको र साईकलकोचेन बिग्रेको भन्नेबयान दिएको देखिँदा पोष्टमार्टमरिपोर्टमा समेत मृत्युको कारण घाँटी थिची मृत्यु भएको भनि उल्लेख भएको, लाससमेत दिलिपले भने बमोजिम मिल्दोजुल्दो अबस्थामा फेला परेको, मृतक मेरोछोरीको सुरुवाल फाटेको नै थियो, मेरो छोरीले चढेको साईकलको चेन बिग्रिरहेने समस्या थियो,यी कुराहरू हामी सामन्य मान्छेले हेर्दाबुझ्दा र बिश्लेषण गर्दा समेत मेल खाएको पाईयो।'
दिलिपको विगत र उनको व्यवहारलाई लिएर पनि निर्मलाको हत्या गर्ने सम्भावना भएको दुर्गादेवीको तर्क छ।
दिलिप सिंह २०६५ सालमा आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा ९ वर्ष जेल सजाय काटेर आएका व्यक्ति हुन्। दिलिपले एक्लै हिड्ने महिलालाई यौनअंग समेत देखाउने गरेको विस्तारै खुल्दै गएपछि उजुरी दिएको उल्लेख गरिएको छ।'
चरित्र तथा बानी ब्यहोराको बारेमा गाँउ घर र छर-छिमेकीले समेतबताए अनुसार घटना हुनु भन्दा पहिला र घटना पश्चात समेत केटीहरु एक्लैदेखेमा समात्न खोज्ने र यौन अंग देखाउने जस्ता कृयाकलाप गर्ने गरेको भन्नेबुझिन सुनिन आएकोछ।' दुर्गादेवीले दिएको उजुरीमा भनिएको छ।
२०७५ साउन १० गते करिब साढे २ बजेतिर निर्मलाको बलत्कारपछि हत्या भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। घटना भएको सयम र स्थानमा दिलिप देखिएको एक महिलाले जानकारी दिएपछि विष्टले नै हत्या गरेको हुनसक्ने सम्भावना बलियो भएको दुर्गादेवी देखिन्छन्। प्रहरीमा दर्ता भएको उजुरीमा उनले उल्लेख गरेकी छिन्,'दिलिप घटना भएको दिन घटनास्थल तर्फ जाँदै गरेको देखेको भन्ने भनाईले घटनाकोसमय दिलिप घटनास्थलमा उपस्थिति प्रमाणित गरेको, बिभिन्नसञ्चाम माध्यममा हल्ला फैलाईए अनुसार निज दिलिप सिंह विष्टलाई मानसिकअसन्तुलन भएको ब्यक्ति जसले त्यस्तो अपराध गर्ने सक्दैन भनि प्रचार गरिएकोतर स्वंयम निज दिलिप सिंह विष्टको भाउजु र भतिजी बुहारीको प्रहरीले आफ्नोपरिचय नदि गोप्य तरिकाले खिचेको भिडियोमा बोलेका कुराहरु मिडियामा आएकोछ।’
दुर्गादेवीले मिडियामा आएको समचारले पनि दिलिपलाई नै शंकेत गरेको दाबी गरेकी छिन्। पहिलो पोष्टले गरेको #Who killed Nirmala श्रृंखला २० मा उल्लेख गरेकी छिन्।