भोटेकोशी गाउँपालिका छिर्ने गेटमा तीन महिला अल्मलिरहेका थिए। उनीहरू दोधारमा थिएँ- भित्र जाउँ कि बाहिर बसुँ। भित्र केही प्रहरी थिए। भोटेकोशी गाउँपालिका र मध्यभोटेकोशी हाइड्रोपावरबीच मिटिङ चलिरहेको थियो। त्यसकै सुरक्षाका लागि प्रहरी आएका थिए।
सायद प्रहरी देखेर तिनीहरु अल्मलिरहेका थिए। सिमसिम पानी परिरहेको थियो। मैले भनेँ, 'के कामले आएको भित्र हिड्नुस्न। भित्र गएर बसौं।' त्यसपछि दुई महिलाले एउटी महिलालाई डोहोर्याएर भित्र लगे। र्दुइ महिला अलि पाका उमेरका थिए भने। जुन महिलालाई डोहोर्याइएको थियो, उनी थिइन्- २६ वर्षीय दीक्षा तामाङ।
दीक्षाको देब्रे आँखा २०७५ असोजबाट बन्द भयो। अलिअलि गर्दागर्दै उनले दृष्टि गुमाएकी थिइन्। अर्को आँखाले देख्दै थिइन् अर्को आँखा पनि जेठबाट बन्द भयो। अहिले उनी दुवै आँखा देख्न सक्दिनन्। उनको आँखाको उपचारका लागि केही आर्थिक सहयोगका लागि उनी गाउँपालिका कार्यालय आएकी थिइन्। अघिल्लो दिन एक महिला अधिकारकर्मीले उनको बारेमा कुरा गरेकी थिइन्। एकचोटि बिरामी नै लिएर आउनुहोस् न भनेर उपाध्यक्ष दावाफुट्टी शेर्पाले भनेपछि दुई जना महिलाले उनलाई लिएर आएका थिए।
- प्रदीप भट्टराई
नेपालमा महरा-प्रकरणको साइड इफेक्ट देखिएको छ । कांग्रेसका बाहुबली सांसद आलमको पक्राउ त्यसैको एक दृष्टान्त हो । २१ जना मानिसको हत्या गरेको आरोप लागेका आलममाथि प्रहरीले अनुसन्धान नै गर्न बिर्सेको थियो । १२ वर्षमा तीनपटक त सर्वोच्चले नै पक्राउ गरी अनुसन्धान नै गर्न आदेश दिएको थियो । तर, सत्ताको मोतिविन्दू लागेको प्रहरीले उनलाई देख्न/भेट्न सकेको थिएन । तर, जब महरा पक्राउ परे, प्रहरी आफ्नो मोतिविन्दु हटाएर उनलाई पक्रन बाध्य भयो । Details
दीक्षाको माइती घर उदयपुर हो। उदयपुरमा उनी तीन दिदी र आठ दाजुभाईकी कान्छी बहिनी हुन्। ठूलो परिवारमा दीक्षा हुर्किइन्। धेरै बच्चाबच्ची भएकाले उनले भने जसरी पढ्न/लेख्न पाइनन्।
उनको दिदीभिनाजु पोखरामा बस्थे। पोखरामा बस्ने भिनाजुको अचानक मृत्यु भयो। भिनाजुको मृत्युपछि दीक्षा दिदीलाई सहयोग गर्न पोखरा गइन्। दिदीका दुई छोरीको हेरविचार गर्थिन् उनी। सानोतिनो काम पनि गर्थिन्।
पोखरा बसाइकै क्रममा दीक्षाको अहिलेका श्रीमानसँग भेट भयो। उनी थिए, सिन्धुपाल्चोक मार्मिकका सन्ते तामाङ। उनीहरु सँगै काम गर्थे। सँगसँगै काम गर्दा उनीहरुले एकअर्कालाई मनपराए। र, दीक्षाको दिदीले दुवैको विवाह गरिदिइन्। विवाह गरेपछि दुवै पोखरामा हाँसीखुशी बसिरहेका थिए। उनीहरुको एउटी छोरी पनि भइन्। अझ खुशी थपियो।
विवाह गरेपछि दिदी बस्ने ठाउँ नजिक कोठा खोजे। दिदीलाई पनि सहयोग गर्न सजिलो होस् भनेर उनी दिदीबाट टाढा बस्न सकिनन्। दुवैको कमाइले परिवार राम्रो चल्दै थियो।
- जीवन बनियाँ
आफ्नै घरबाट बहिस्करणमा परेकी उनले जीवनभर थुप्रै संघर्ष गरिन्। लामो समय कोठाभाडामा बसिन्। काठमाडौंमा कोठा भाडामा बस्दाका दिनहरु याद गर्दै अभिलेख राखियो भने पनि महाभारत जत्तिको कथा बन्छ होला। Details
एक्कासि दीक्षा बिरामी परिन्। उनको छाति बेस्सरी दुख्न थाल्यो। सबै चेकजाँच गरियो। तर, के भएको पत्तै लाग्न सकेन। सबै रिपोर्टहरु सामान्य भए तापनि उनको छातिको दुखाइ भने असामान्य हुदै गयो। दुखाइ कम गर्ने औषधि खाइरहिन्। तर, रोगबारे थाहा भएन। न केही लाग्यो कि भनेर उनीहरुले धामी झाक्री पनि लगाए। त्यसले पनि केही कमी भएन।
दुवैले कमाएर खानुपर्ने परिवारमा एकजना बिरामी अर्को बिरामीको उपचारमा लाग्नु पर्दा आर्थिक रुपमा गार्हो भयो। दीक्षा बेला-बेला बेहोस पनि हुन्थिन्। उनलाई छाडेर हिड्ने कुरा नै भएन। श्रीमानले सक्दो उपचार गरे। तर, रोग कम नै भएन। बरु अर्को समस्या आइपर्यो। दीक्षाको देब्रे आँखा बिस्तारै कमजोर हुन थाल्यो। धमिलो-धमिलो देख्न थालिनॉ। आँखामा सेता पर्दा बढ्दै गयो। उनले २०७५ असोजमा एउटा आँखाको दृष्टि गुमाइन्। डाक्टरले मोतीबिन्दु भएको भने। अर्को आँखा देख्ने छदैंछ भन्ने उनलाई लाग्यो।
- देवकी विष्ट
उनी आफू काठमाडौंका साँघुरा गल्लीमा अलमलिए पनि मन भने कहिले अल्मलिएन। उमेरले ८० पार गरेका आमाहरु खोज्दै जान्थिन्। हजुरआमाले संघालेका इतिहास अनुहारमा मुझा परेका रेसाहरु झै उनले आफ्नो रेकर्डरमा रेकर्ड गर्दै कापीका पानामा लिपीवद्य पार्थिन्। यी लिपीवद्य पार्दै गर्दै अरु प्रश्नहरुको पनि उनले धेरै सामना गर्नुपथ्र्यो। उनलाई आफ्नै मामा घरको हजुरआमाका कुराहरुले पनि सानैदेखि तानिरहन्थ्यो। आफ्नै हजुरआमाका कथाबाट शुरु गरिन् “हजुरआमाको कथा”। Details
कमजोरीका कारण दीक्षाको आँखाको अप्रेसन गर्न पनि समस्या भयो। अर्को आँखा धमिलो हुदैं थियो। उनी काम गर्न नसक्ने भइन्। आर्थिक अवस्थाका कारण पोखराको बसाई निकै कष्टकर हुन थाल्यो। उनीहरु गाउँ फर्के। गाउँमा फर्किदा दिक्षाको दुवै आँखाले काम गर्न छाडेको थियो।
उनी विवाहपछि पहिलोपटक सिन्धुपाल्चोक आएकी थिइन्। तर उनले आफ्नो कर्मघर, गाउँ राम्रोसँग देख्न नै पाइनन्।
छातिको समस्या लिएर गत असारमा दीक्षा हस्पिटल गइन्। डाक्टरले मुटुको भल्भ जाम छ भने। त्यसको उपचारको लागि श्रीमानले ७० हजार र सरसहयोगबाट ३० हजार गरेर एक लाख लिएर दुवै दम्पती काठमाडौं आए। उपचारपछि सँगै घर गए। त्यसपछि उनका श्रीमान फर्केर आएनन्। झर्कोफर्को गर्न थाले। अब तेरो उपचार गर्न सक्दिन, जे सुकै गर भनिदिए।
- हेमन्त विवश
तिखाको झल्लरे पीपल चौकी छापन लाग्यो भन्ने भनाइलाई मनन् गर्दा सजिलै अनुमान गर्न सकिन्छ चल्ल्या साईलाई त्यो निकै पुरानो, टाढैबाट टल्किने अग्लोस्थानमा रहेको सुन्दर पीपलको रुखसँग दाजिएको हुनुपर्छ भन्ने । निकै सुन्दर उपमाअलंकारको प्रयोग भएको देखिन्छ कतिपय गीतहरूमा । डोटी जिल्लाको सेती पारिको भूभागलाई चौकी भनिन्छ भने सेती वारिको भूभागलाई पश्ये भनिन्छ । त्यही चौकीका प्रतिनिधि पात्र थिए उनी । डेउडा गीतको दुनियामा एउटा बिम्बकै रुपमा स्थापित भए पछिल्ला दिनमा । Details
दुवै आँखा नदेख्ने। भर्खरै उपचार गरेर आएकोले दीक्षा एकदम कमजोर थिइन्। ट्वाइलेट जान आउन पनि हात समाएर लानुपर्ने थियो। त्यस्तो समयमा जीवनभरि हात थाम्छु भन्ने मान्छे नै पर भए। के छ कसो छ सोधखोज गर्न छाडे। जुन समयमा श्रीमानको धेरै आवश्यकता थियो, त्यहिबेला नै टाढा हुदाँ दीक्षाले आफूलाई कसरी सम्हालिन अहिले सम्झन पनि चाहन्नन्। सँगै मर्ने सँगै बाँच्ने कसम खाएका श्रीमानले बीचमा यसरी हात छाड्लान भन्ने उनले कहिले कल्पना सम्म गरिनन्। तर, जीवनमा जे नसोचेको त्यही भइदियो। विवाह भएको ५ वर्ष पनि नबित्दै श्रीमान टाढा भए। आफू कमजोर हुँदा कसैले हेर्ने रहेनछ भन्ने दीक्षालाई लाग्यो।
दीक्षा कति दिन भोकै मुढोझै बिछ्यौनामा पल्टिरहिन्। बेलाबेलामा बेहोस हुने समस्याले दिसा-पिसाब ओछ्यानमै गरिन्। घर नै गन्हाउने भएको थियो। स्यमंसेवी हेमकुमारी कार्कीले त्यो थाहा पाइन र हेर्न गइन्। बच्चा र आमा नै खान नपाएर कमजोर भएका थिए। दिसा-पिसाब ओछ्यानमै थियो। कति दिनदेखि दीक्षा उठ्न सकेकी थिइनन्। स्यमंसेवी दिदीले सरसफाई गरिदिइन्। केही खान दिइन्। औषधिहरु किनेर खुवाइन्। बस्न सजिलो होस् भनेर भुइँतल्लामा कोठा मिलाइदिइन्। स्यमंसेवी दिदी उनको जीवनमा भगवान बनेर आइन्। 'उहाँले मलाई पुर्नजन्म दिनुभयो', दीक्षाले आँसु पुछ्दै भनिन्।
आँखा नदेख्ने त छदैंछ। सानो छोरी हेर्न उनलाई समस्या भयो। 'आफूलाई नै अरुले सम्हाल्नुपर्छ, मैले कसरी त्यसको हेरचाह गर्नु ?' तर, जहाँ समस्या त्यहाँ उपाय भनेझै अहिले दीक्षा र छोरीलाई स्यमंसेवी दिदीले आफ्नै घरमा राखेर हेरचाह गरिरहेकी छिन्।
-शोभा कार्की
यसरी पीडित रोशनीको फरक–फरक भनाई प्रस्तुत भैरहँदा आज सामाजिक सञ्जाल भरी सम्पूर्ण महिलाको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति आइरहेका छन्। शाहीका श्रीमान चित्रजंग शाहीले समेत आफ्नो फेसबुक स्टाटसमा प्रियजनलाई सम्बोधन गर्दे २८ वर्षे वैवाहिक जीवन अन्त्य गरेको घोषणा गरिसकेका छन्। त्यसैले यो घटनालाई सामसुम पार्ने र राजनीतिकरण गर्ने भन्दा पनि कानुनी पाटोमा लैजान सके नेपालमा थिति बस्ने थियो। Details
मोतिबिन्दुको उपचारका लागि तीन महिनापछि अस्पताल आउनु भनेका थिए डाक्टरले। 'तीन महिना पुगिसक्यो, आर्थिक अभावमा उपचारका लागि जान सकेकी छैन', उनले भनिन्। उनी सँगै आएकी समाजसेवी अमृता श्रेष्ठले भनिन्, 'गाउँपालिकाबाट सहयोग भए भयो, नत्र हामी मिलेर दीक्षाको उपचार गर्छौ। त्यसको लागि हामी लाग्छौं।'
जुन दिन दिक्षाको बारेमा स्वयंसेवी अमृताले थाहा पाइन्, उनी रातभर निदाउन सकिनन्। कहिले बिहान होला जस्तो भयो। जब बिहान भयो उनी खाना खाएर गाउँपालिका अफिस गइन्। त्यहाँ उपाध्यक्ष र केही वडा अध्यक्षसँग कुरा गरिन्। सबैले हामी सहयोग गर्छौ, बिरामी लिएर आउनु भनेपछि बिमारी लिएर अमृता गाउँपालिका पुगेकी रहिछन्। सानो उमेरमा दीक्षाले जे भोगिन त्यसले उनलाई दु:खी बनायो। अब बाँकि संसार दीक्षालाई देखाउने जिम्मा आफूले लिएको अमृताले बताइन्।
दीक्षाको मोतिबिन्दुको उपचारका लागि २५ हजार मात्रै लाग्छ। उनले श्रीमानलाई पटकपटक फोन गरेर पैसाका लागि नभनेकी पनि होइनन्। श्रीमानले घर बनायो पैसा छैन, ऋण लागेको छ भनेर टारिदिने गरेका छन्। श्रीमान् गाउँमै बस्ने भएकाले कमाइ नभएको र आफूले उपचारका लागि सहयोग गर्न नसक्ने बताइसकेका छन्। दीक्षा आफू काम गर्न सक्दिनन्। त्यसैले पनि उनका लागि २५ हजार धेरै ठूलो रकम बनेको छ।
उनले आफ्ना पतिलाई छोरी मात्रै हेरिदिन पनि आग्रह नगरेकी होइनन्। तर, छोरी लान पतिले मानेनन्। सुरुमा कहाँ के छ ? केही थाहा हुन्थेन। तर, छामेर अहिले केही घरायसी काम गर्न सक्छु उनले भनिन्, 'स्यमंसेवी दिदीले नै काम गरेबापत हामी आमाछोरीलाई खान लाउन बस्न दिनुभएको छ।'
उनको दुवै आँखा सेतो पर्दाले ढाकेको छ। 'संसार देख्न पाए त आफ्नो ज्यान आफै पाल्थेँ नि', दीक्षाले भावुक बन्दै थपिन् 'आफूले देखेको संसार एकैपटक छोपिदा जीवन नै सकिएजस्तो लागेको थियो। रुन मात्रै आउने, नदेख्ने आँखाबाट आँसु भने बग्न नछाड्दो रहेछ।'
आफ्नो आँखा ठीक भए छोरीलाई राम्रो शिक्षादिक्षा दिन सहज हुने भएकाले उनी सहयोगका लागि हारगुहार गरिरहेकी छन्। उनी भन्छिन्, ' ठूलाठूला मान्छे उपचारका लागि विदेश जान्छन्। म २५ हजारमा उपचार गराउन नसकेर अँध्यारोमा बसेकी छु। हामीलाई कसले पो हेर्छ र ?' दीक्षाको प्रश्न थियो।
दीक्षाले छिट्टै संसार देख्न सकुन् भन्ने शुभभकामना दिदै म पनि बाडिएँ।