भालुले गाउँलेलाई आक्रमण गरेको झोकमा गाउँलेद्वारा प्रहरीमाथि आक्रमण

सांकेतिक तस्बिर

गुठिचौर गाउँपालिका –४ झारज्वालामा दुईदिन यता भालुको आक्रणबाट तीन जना घाइते भएका छन्।गाउँ छिरेको भालुले स्थनीय खगेन्द्र अधिकारी लगायत चार जनालाई घाइते बनाएको डिएसपी लालबहादुर धामीले जानकारी दिए।

बुधवार दिउसो देखिनै भालुले सताएकाले गाउँलेले भालु मारिदिन प्रहरीलाई आग्रह गरेका थिए। प्रहरीले अनुमति नभएको भन्दै मार्न मानेको थिएन। त्यही समयमा फेरि दुई जनालाई आक्रमण गरेपछि आक्रोसित भएका गाउँलेले प्रहरीमाथि आक्रमण गरेका थिए।

गाउँले र प्रहरीबीच झडप हुँदा प्रहरी हवल्दार छविलाल खत्री घाइते भएको धामीले बताए।'भालुले गाउँलेलाई र गाउँलेले प्रहरीलाई आक्रमण गरे।' उनले भने, 'प्रहरीले भिड साम्य पार्न दुई राउन हवाई फायर र एक टियर ग्यास हान्नु परेको थियो।'

वन कार्यालयका अधिकृत सहित नेपाल प्रहरी र शसस्त्र प्रहरी गाउँमा पठाई भालु नियन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।

प्रकाशित मिति: : 2019-10-10 20:11:49

प्रतिकृया दिनुहोस्