मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडकखण्डमा लघुवित्तका कर्मचारी लुटिएका छन्।
जीवन विकास नामक संस्थाको रमाइलो शाखामा कार्यरत जुनियर सहायक जयकिसन गनगाईंमाथि बुधबार बिहान लुटपाट भएको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्नले को ३४ प ४९७ नम्बरको मोटरसाइकल र गनगाईंले उठाएको १ लाख १७ हजार तीन सय ६० रुपैयाँ नगदसमेत लगेको प्रारम्भिक विवरणबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए ।
उनकाअनुसार रकम उठाउन जाने क्रममा जंगलको बाटोमा माक्स लगाएर बसेका दुईजना अपरिचित व्यक्तिले मोटरसाइकल र नगद लुटेर लगेको खुलेको छ ।