शिक्षक नियुक्तिका लागि घुस रकम लिने क्रममा कपिलवस्तुमा एकजना प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया रहेका छन् ।
विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गरिदिने भन्दै ४० हजार घुस रकम लिंदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका अनुसार उनिहरुलाई चन्द्रौटास्थित एक होटल अगाडिबाट रंगेहात पक्राउ गरेको कार्यालयका सूचना अधिकृत सुरेश भुसालले बताए । पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान शुरु भएको भुसालले बताए ।