एक्सन रुमबाटै प्रधानमन्त्रीले गरे राष्ट्रिय गौरवका योजनाको अनुगमन

Photo Credit : Kundan Aryal

प्रधानमन्त्री केपी शर्मा ओलिले राष्ट्रिय गौरवका योजनाहरुको अनुगमन गरेका छन्। बुधबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट आयोजनाको अनुगमन गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी–बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरिएको हो ।

 

 

प्रकाशित मिति: : 2019-10-23 16:15:46

प्रतिकृया दिनुहोस्