नेपालले त्रिदेशीय सहकार्यको फाइदा उठाउनुपर्छ– माधव नेपाल (भिडियोसहित)

बिएल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले त्रिदेशीय सहकार्यको सम्भावनालाई मध्यनजर गर्दै नेपालले यसको फाइदा उठाउनुपर्ने बताएका छन्।

मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको चीनका राष्ट्रपतिको नेपाल भ्रमण एक परिचर्चा बिषयक कार्यक्रममा उहाले दुई ठूला अर्थतन्त्र भएका मुलुक भारत चीनसंगको सहकार्यमा नेपालले त्रिदेशीय सहकार्यको सम्भावनालाई अघि बढाउनुपर्ने बताए। उनले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै चौतर्फी सम्बन्ध विस्तार गर्नुपर्ने धारणा पनि राखे। दुई देशका अनुभवसंग लाभ लिएर मुलुकलाई बिकास र समृद्धीको बाटोमा अघि बढाउनुपर्ने उनको भनाइ छ। नेता नेपालले चीनिया राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सुखद रहेको भन्दै यसले दिएको सन्देशलाई नेपालले आत्मसात गर्नुपर्ने जिकिर गरे।

कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवले चीनिया राष्ट्रपतिको नेपाल भ्रमणले चीन र नेपालको स्म्बन्धमा सुमधुर हुदै जाने धारणा राखे। भ्रमणले अन्तराष्ट्रिय जगतमा नेपालको महत्वलाई अझ बढाएको भन्दै यसको फाइदा नेपालले लिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेकपाका नेता घनश्याम भूषाल, योगेश भट्टराई लगाएतले नेपाल चीनबीचको स्म्बन्धका बारेमा चर्चा गरेका थिए।

 

प्रकाशित मिति: : 2019-10-22 19:11:05

प्रतिकृया दिनुहोस्