पूर्वसभामुख महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो आदेश

फाइल तस्बिर

पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।यसअघि गएको असोज २८ गते अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो।

असोज १८ गते पीडित भनिएकी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो।

प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महरालाई स्वास्थ्यमा समस्यादेखिएपछि केही दिनदेखि नर्भिक अस्पतालमा छन्।

उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले बलात्कारको आरोप लगाएकी थिइन्।

महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो। आफूमाथिको आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2019-10-20 18:33:15

प्रतिकृया दिनुहोस्