सांसद पार्वत गुरुङलाई साधारण तारेखमा छाड्न आदेश

फाइल तस्बिर

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले असोज ८ गते सांसद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो।उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका थिए । थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने आदेश दिएको अदालतका शाखा अधिकृत ज्ञानेन्द्र कार्कीले बताए ।

दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा गत वैशाख २९ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

मुद्धा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो। खड्का तत्कालीन नेकपा माओवादीका कार्याकर्ता हुन्।

प्रकाशित मिति: : 2019-10-20 17:20:01

प्रतिकृया दिनुहोस्