नेकपाका सासंद पार्वत गुरुङ अदालतमा हाजिर

फाइल तस्बिर

अदालतले पक्राउ पुर्जी जारी गरेका सासंद तथा नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङ अदालतमा हाजिर भएका छन्। आइतवार उनी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्।

काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। वीरध्वज खड्काको जाहेरीले गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको थियो।

मुद्धा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो। वीरध्वज खड्कालाई २०७४ वैशाखमा काठमाडौंमा आक्रमण भएको थियो। खड्का तत्कालीन नेकपा माओवादीका कार्याकर्ता हुन्।

प्रकाशित मिति: : 2019-10-20 14:13:25

प्रतिकृया दिनुहोस्