सांसदको रिहाइको माग गर्दै राजपाका कार्यकताहरुद्वारा दोस्रो दिनपनि प्रर्दशन

तस्बिरः एजेन्सी

जनकपुर एयरपोर्टस्थित बुद्ध एयरको काउण्टरमा भएको तोडफोट घटनामा पक्राउ परेका सांसदको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले दोस्रो दिनपनि प्रर्दशन गरेका छन् ।

सर्लाही क्षेत्र नं. १ राजपाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रमोद कुमार साह मंगलबार जिल्ला अदालत धनुषामा जाहेरी दर्ता गरी काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

बुधबार बिहान ८ बजे देखि ९ बजेसम्म जनकपुरधामस्थित रामानन्द चोकमा टायर बालेर सडकमा प्रर्दशन गरेको थियो । राजपा नेपाल धनुषाले सांसद साहलाई अविलम्ब रिहाई नगरिए थप आन्दोलनको कार्यक्रम चरणबद्ध अगाडी बढाउने राजपा नेपालका प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए।

प्रर्दशनको क्रममा जनकपुरधाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई जिरोमाईलस्थित बस स्टेण्ड र पिडारी चोकमा रोकिएको थियो । एक घण्टाको जामपश्चात सवारी साधन आफ्नो गन्तव्यतिर लागेका थिए ।

सोमबार दुई घण्टादेखि प्रतिक्षारत किड्नीका बिरामी दिलिप सहगोलको अवस्था बारे जानकारी गराउन काउण्टरमा जाँदा विवाद भएको थियो । विवादको क्रममा सांसद साहले आक्रोशमा लात हान्दा काउण्टरको सिसा फुटेको समाजिक सञ्जालमार्फत स्वीकार गरेका छन्।

प्रकाशित मिति: : 2019-10-16 11:18:03

प्रतिकृया दिनुहोस्