विवादित दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि दाहालकी पत्नी प्रभा अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको थियो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

यसअघि तत्कालीन माओवादी नेता राम कार्कीलाई सरकारले भारतका लागि राजदूत नियुक्ति गरेको थियो। तर उनी पत्नी भारतमै सरकारी सेवामा कार्यरत रहेका कारण कार्कीको सहमति आएको थिएन। कूटनीतिमा स्वार्थको टकराव हुने अवस्थामा नियुक्ति नहुने अभ्यास छ। तर सरकारले ती अभ्यास र आफ्नै निर्देशिकाको बेवास्ता गर्दै दाहाललाई राजदूतमा नियुक्त गरेको हो ।

प्रकाशित मिति: : 2019-10-15 15:27:30

प्रतिकृया दिनुहोस्