कुल आचार्यले गरे प्यानलसहित अध्यक्षमा उम्मेद्वारी घोषणा

आचार्यले पत्रकार सम्मेलन गर्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार काठमाडौँमा आचार्यले पत्रकार सम्मेलन गर्दै प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ ।पत्रकार सम्मेलनमा आचार्यले अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी गरे।

यस्तै उनले आफ्नो प्यानल निर्वाचित भए एनआरएनएको भवन रहेको जग्गा विवादबारे सरकारसँगको पहलमा समाधान गर्ने बताए । एनआरएनएको नवौं विश्व सम्मेलन असोज २८ र २९ गते काठमाडौंमा हुँदैछ ।

 

प्रकाशित मिति: : 2019-10-14 17:29:05

प्रतिकृया दिनुहोस्