राष्ट्रपति सीको नेपाल भ्रमणले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउछ: उपप्रधानमन्त्री पोखरेल

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको बताएका छन् ।

सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले राष्ट्रपति सीको नेपाल भ्रमणले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए ।

भ्रमण हुनु पुर्व कतिपयले चिन सरकारसँग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दे उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे ।

उनले भने, ‘कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के–के सपिङ लिस्ट छ ? भनि जिज्ञासा राखे । हामीले त्यसबेला भनेका थियौ हामी सपिङ लिस्ट लिएर बसेका छैनौ । हामीले परिवर्तित सन्दर्भमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौ । त्यस हिसाबले भ्रमणले दुई देशबीचको मित्रताले उचाई प्राप्त गरेको छ । यो मित्रतालाई हामी पर पर पुर्याउन चाहन्छौ ।’

उपप्रधानमन्त्री पोख्रेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताए । नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पारे ।

 

 

प्रकाशित मिति: : 2019-10-14 14:13:45

प्रतिकृया दिनुहोस्