कांग्रेसको चियापान असोज २६, नेकपाको २९ गते

फाइल तस्बिर

नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले २६ गते केन्द्रीय कार्यालय सानेपासहित उपत्यका बाहिरका ७४ वटै जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने बताए ।

दशैं, तिहार तथा नेपाल सम्वतको अवसरमा सद्भाव आदानप्रदानका लागि कार्यक्रम राखिएको प्रवक्ता शर्माले जानकारी दिए ।

नेकपाको चियापान २९ गते

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २९ गते चियापान कार्यक्रमका गर्ने भएको छ । नेकपाले चियापानको लागि एक लाख कार्ड बाँड्ने भएको छ ।

पार्टीले दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ ।


चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति: : 2019-10-01 16:52:26

प्रतिकृया दिनुहोस्