कांग्रेस प्रवक्ताको प्रश्न - छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने ? (भिडियोसहित)

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भएको भन्दै प्रष्ट रुपमा राजीनामा आउनुपर्ने जनाएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सभामुखमाथि गम्भीर प्रकृतिको आरोप लगाएको भन्दै स्पष्ट भाषामा राजीनामा दिइ अनुसन्धानमा सहयोग गर्नुपर्ने जनाएको हो।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताए। उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै उनले भाषाका बिषयमा स्पष्ट पार्नुपर्ने बताए। छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने भन्ने उनको प्रश्न थियो। कांग्रेस प्रवक्ता शर्माले महरामाथि लागेको यौन दुर्व्यहारको आरोपबारे सामान्य नागरिक सरह छानबिन गर्नुपर्ने समेत बताए।

उनले बाँके र तनहुँमा काग्रेस नेतामाथिको आक्रमण नवमण्डले चरित्रको प्रकट स्वरुप भएको टिप्पणी गरे। उनले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गर्नु भएको चियापानको कार्यक्रम असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन गरिने जानकारी दिए।

प्रकाशित मिति: : 2019-10-01 16:00:36

प्रतिकृया दिनुहोस्