मान्छे खाने भीर !

जाजरकोट : नलगाड नगरपालिका–४ स्यालापाटा निवासी ७१ वर्षीय शान्तबहादुर वलीको बिहीबार भीरबाट लडेर मृत्यु भयो। सिलाजस्थित बाघखोरको जंगलमा खर काट्ने क्रममा उनी भीरबाट लडेका थिए।

दुई साताअघि बारेकोट गाउँपालिका–२ लिम्सास्थित वीरेन्द्रऐश्वर्य माविमा कार्यरत शिक्षिका भगवती शाही भीरबाटै लडेर बितिन्। विद्यालयबाट फर्कने क्रममा घर नजिकैको भीरबाट लडेर उनको ज्यान गएको थियो।

गत असारमा भीरबाट लडेर नलगाड–८ मैदेस्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी हबल्दार मोहवीर खड्काको ज्यान भयो। उनी गस्तीमा गएका बेला लडेका थिए। गत वर्ष बाटोमा हिँड्ने क्रममा नलगाड–५ को गेरेनी भीरमा माथिबाट आएको ढुंगाले लागेर बारेकोट मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो।

प्रकाशित मिति: : 2019-11-30 17:17:21

प्रतिकृया दिनुहोस्