चलचित्र बनाउन जान्ने, बेच्न नजान्ने

बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘दबङ्ग–३’ डिसेम्बर २० मा रिलिज हुँदैछ । बहुप्रतीक्षित ‘दबङ्ग–३’ को चर्चा चुलीमा पुगिसकेको छ । चर्चामात्रै होइन यसले बक्सअफिसमा गर्ने व्यापारको पनि पूर्वानुमान सुरु भइसक्यो । यो चलचित्रले  अहिलेसम्मकै ठूलो रिलिजको मौका पाउने भएको छ । घरेलु बक्सअफिसमा ५४ सय स्क्रिन पाउने ‘दबङ्ग–३’ले बलिउडबाहिर १६ सय स्क्रिन पाउने छ । यति स्क्रिन नघटेमा यसले ‘ठग्स अफ हिन्दोस्तान’को रेकर्ड ब्रेक गर्नेछ । बलिउडकै सर्वाधिक स्क्रिनमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’ले ५ हजार स्क्रिन पाएको थियो । फलतः चलचित्रले ५० करोड माथिको ओपनिङ गरेको थियो । अब यो रेकर्ड ‘दबङ्ग–३’ ले तोड्ने अवस्था छ । बलिउडमा चलचित्रको चर्चा जुन ढङ्गमा हुने गर्छ, प्रचारप्रसार पनि त्यतिकै हुने गर्छ । प्रचारमात्रै होइन कुन चलचित्रले कति व्यापार गर्छ भनेर त्यसको पूर्वानुमान पनि हुन्छ । परिणामतः कुन चलचित्र कहिले रिलिज हुन्छ र कुनमा को कलाकारले अभिनय गरेका छन्, दर्शकलाई त्यसबारे पूर्ण जानकारी हुन्छ । 

प्रकाशित मिति: : 2019-11-30 17:13:53

प्रतिकृया दिनुहोस्