काठमाडौमा घरजग्गा कारोबार फर्कियो चमक, साउनपछि २४ हजार घरजग्गा किनबेच

काठमाडौं। चालु आर्थिक वर्षको सुरुवातसँगै मालपोत कार्यालयमा भीड घट्यो। सरकारले ल्याएको भूउपयोग ऐनले जग्गाको उपयोगिता भन्दा बाहिर गएर उपयोग गर्न नदिने नीतिका कारण साना/ठूला सबै व्यावसायीहरु जग्गामा लगानी गर्न हच्किरहेका थिए।

सुरुवातको तीन महिना घरजग्गा किनबेचको कारोबार संख्या र संकलित राजस्व दुवैमा गिरावट आएको थियो। तर अहिले भने अवस्था फेरिएको छ।चालु आर्थिक वर्षको पहिलो ४ महिनामा काठमाडौंमा २४ हजार घरजग्गा किनबेच भएका छन्। गत वर्षको सोही अवधिमा भने १९ हजार घरजग्गा मात्रै किनबेच भएका थिए।

 २४ हजार घरजग्गा किनबेच बाट ४ महिनामा तीन अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा १९ हजार घरजग्गा किनबेचबाट दुई अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
प्रकाशित मिति: : 2019-11-30 11:16:27

प्रतिकृया दिनुहोस्