‘क्रेजी’ सरोज, लहडी हामी !

त्यस दिन किशोर डङ्गोलसँगै डिल्लीबजारको बालबाटिका स्कुलको कम्पाउन्ड प्रवेश गरियो । दुवैजनाको अभीष्ट थियो: नाटकमा अभिनय गर्नु । साहित्यकार डा. ध्रुवचन्द्र गौतमद्वारा लिखित नाटक ‘भष्मासुरको नलिहाड’को पूर्वाभ्यास सुरु हुँदैथ्यो । नाटकको निर्देशन गर्दैथिए, त्यसबेलाका चल्तीका निर्देशक बद्री अधिकारी । 

नाटकका लागि कलाकारहरूको चयन भइसकेको थिएन । कलाकार आउँदै थिए । भूमिका पाउँदै थिए । कोही फर्कंदै पनि थिए ।

बद्री अधिकारीसँगको भेटले सकारात्मक काम गर्यो । अर्थात्, नाटकमा सानोसानो भूमिका पाउनेमा किशोर र म पनि पर्याैं। अनि सुरु भयो रिहर्सल । संवाद घोक्दै, अभिनय गर्दै साँझको समय बालबाटिकामै बित्न थाल्यो । 

कलाकार आउने क्रम जारी थियो । त्यसै क्रममा नाटकमा भित्रिए रवि ‘राहु’ । रवि दाइको भागमा पनि पर्यो एउटा भूमिका । यसरी कलाकार थपिँदै गए ।

प्रकाशित मिति: : 2019-11-30 10:55:44

प्रतिकृया दिनुहोस्