तातो तेलमा श्रीमानले अनुहार डुबाइदिएपछि....

Photo Credit :Kathmandupress

अनुहार पुरै सुन्निएको छ। राम्रोसँग आँखा खोल्न पनि सक्दिँनन्। बेला–बेलामा घाउ चिर्किन्छ र पीडाले छट्पटाउँछिन्।

पीडा दबाउने कोशिश पनि गर्छिन् तर असैह्य भएपछि मुखबाट निस्किहाल्छ एैया‍‍‍...! यही, पीडाबाट गुज्रिरहेकी छन् सिन्धुलीकी आशा सदा। 

रिसको झोकमा पति रितलालले आशाको अनुहार माछा तार्न तताएको तेलमा डुबाइदिएका थिए। तातो तेलमा अनुहार डुबाइदिएपछि आशा जलेको अनुहारमा मल्हम लगाउन काठमाडौं आइपुगेकी छिन्। 

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी आशा छिट्टै निको भएर फर्किने आशामा छिन्। तातो तेलले पोलेको अनुहार पुरै सुन्निएको छ। अवस्था समान्य भएपनि दुःखाइ भने असैह्य छ उनमा।

घटनाको त्यो दिन  

शनिबारको दिन थियो। दिउँसो आशा घरमै बसिरहेकी थिइन्। 

उनका श्रीमान रितलाल माछा मार्न गएका थिए। माछा मारेर फर्किपछि माछा तार्न आशाले तेल तताउँदै थिइन्। तेल तताउने क्रममै उनीहरुबीच सामान्य झगडा भयो। झगडापछि रितलालले आशाको अनुहार त्यही तातो तेलमा डुबाइदिए। 

प्रकाशित मिति: : 2019-11-04 20:21:37

प्रतिकृया दिनुहोस्