यस्तो बन्नेछ ग्रिनरीसहितको मुग्लिन–पोखरा सडक

मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण पारित गरेपछि यो खण्ड विस्तारको काम अघि बढ्ने भएको हो ।

सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयका उपआयोजना निर्देशक सौरभ बज्राचार्यका अनुसार अबको एक हप्ताभित्रै मुग्लिन पोखरा सडकको आँबुखैरेनी–पोखरा खण्डको लागि टेन्डर आह्वान हुनेछ । करिब ८० किलोमिटरको यो खण्डलाई दुई प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ ।

प्रकाशित मिति: : 2019-11-01 07:48:02

प्रतिकृया दिनुहोस्