देउसी खेल्न बोलाएर बलात्कार पीडित युवती भन्छिन्–भाइटीका लगाउँछु भन्थ्यो, जबर्जस्ती गर्‍यो

बलात्कार आरोपमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको हो । 

देउसी खेल्न बोलाएर सोमबार बलात्कार गरेको किटानी जाहेरी १८ वर्षीया पीडितले मंगलबार बिहानै प्रहरीमा दिएकी थिइन् । राईमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ, तिहारको बिदा परेकाले राईविरुद्ध बिहीबार मात्रै म्याद थप हुनेछ,’ एसएसपी सुवेदीले भने । 

प्रकाशित मिति: : 2019-10-31 11:48:22

प्रतिकृया दिनुहोस्