सिस्नुपानीको झापड, पूर्वराजाको मधुर धम्की र दुइतिहाइको बान्की !

काठमाडौं – केही दिनपछि मनाइने छठसँगै यस वर्षका मुख्य चाडपर्वको बिदाइ गरिँदैछ । हुन त उभौली, ल्होसार जस्ता चाड पनि नेपाली मौलिक पर्व नै हुन् । परन्तु दशैं र तिहारजस्ता चाड नेपालीका साझा भइसकेका छन् ।

भदौं महिना सकिनासाथ नेपालीलाई ‘पर्व ऋतु’ले छुन्छ । जरुरी काम पनि दशैंतिहारपछि गरौंला भन्ने नेपालीको बानी नै भइसकेको हुन्छ । जेहोस् दुःख, पीडा बिर्सेर नेपालीले दशैंतिहार मनाएका छन् । काठमाडौं उपत्यकामा नयाँ वर्ष नेपाल संवत ११४० पनि शुरू भइसकेको छ । 

दशैंतिहारको बीचमा यसपटक केही महत्त्वपूर्ण राजनीतिक घटनाक्रम विकास भए । देशभर दशैंको अष्टमी मनाइरहेको समयमा बलात्कारको बात लागेका निवर्तमान सभामुख कृष्णबहादुर पक्राउ परे ।

आजपर्यन्त महरा पक्राउको विषयमा चर्चा परिचर्चा भइरहेको छ । तिहारको अवसरमा सिस्नुपानी नेपालले गाएको देउसीभैलौमा महराप्रति व्यंग्य मात्र गरिएन, अरु पनि भीआईपी महराहरू रहेको भन्दै व्यंग्यको वर्षा भयो –

प्रकाशित मिति: : 2019-10-31 08:12:41

प्रतिकृया दिनुहोस्