निधारमा लर्काएर सप्तरंगी टीका : सामाजिक सञ्जालमा नेतादेखि खेलाडीसम्म

काठमाडौं : आज भाइटीका। आजको दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइहरुको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने गरिन्छ। 
त्यसैले आज सामाजिक सञ्जाल पनि सप्तरंगी टीका र सयपत्रीका मालाले भरिएका छन्। 

विभिन्न नेता, खेलाडी, कलाकारहरुले पनि भाइटीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले भाइटीका लगाउँदै गरेको तस्बिर हाल्दै 'नेपालका विविध सांस्कृतिक पर्वहरूलाई समय सापेक्ष परिमार्जन गर्दै संरक्षण र विकास' गर्नुपर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2019-10-29 17:19:35

प्रतिकृया दिनुहोस्