५० वर्षदेखि अपराध अनुसन्धानमा प्रहरीका कुकुर : सीको सुरक्षादेखि मोदीको पहरासम्म

काठमाडौं– घरको रेखदेख गर्नदेखि शोखका लागि पालिने कुकुरलाई वर्षमा एक पटक इमानदार र पहरेदार जनावरका रूपमा पूजा गर्ने चलन छ। सोही प्रचलनअनुसार आइतबार कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ।

आम नागरिकले शोख र सुरक्षाका लागि पाल्ने कुकुरको भन्दा अपराध अनुसन्धानमा महत्वपूर्ण 'क्लु' दिने प्रहरीका कुकरको बारेमा नेपाल लाइभले सोधीखोजी गर्ने प्रयास गरेको छ।

प्रहरीमा कुकुर पाल्न थालिएको इतिहास खोतल्न ५० वर्ष पछाडि फर्किनुपर्ने हुन्छ। नेपाल प्रहरीले वि.सं २०२६ सालबाट कुकुर सेवाको सुरुवात गरेको थियो। त्यसबेला मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो। उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू देखाइएको थियो।

प्रकाशित मिति: : 2019-10-27 11:49:38

प्रतिकृया दिनुहोस्