कास्की-२ : सर्वसम्मतको स्वार्थ - तीन वर्षको लागि किन सांसद हुने ?

पोखरा । उमेदवार चयनको लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको बैठकले कास्की २ को प्रतिनिधीसभा उपनिर्वाचनमा शुक्रबार साँझ विद्या भट्टराईलाई एकल सिफारिस गर्ने निर्णय गर्‍यो । 

कास्की २ तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनसँगै खाली छ । उपनिर्वाचन हुने क्षेत्रबाट लोकप्रिय मतसहित निर्वाचित अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । उनको निधनसँगै रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति: : 2019-10-26 07:31:21

प्रतिकृया दिनुहोस्