इँटाभट्टामा जलाएर हत्या प्रकरण: मुद्दा फिर्ता लिन ‘प्रलोभन’

श्रीनारायण सिंह (बायाँ) र सम्सुल मियाँ । सिंहका छोरा त्रिलोकप्रताप र मियाँका ज्वाईं ओसी अख्तर रौतहट बमकाण्डमा मारिएका थिए। तस्बिर : राजकरण महतो

इँटाभट्टामा जलाएर हत्या प्रकरण

रौतहट : मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ। ‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमको प्रलोभन आइरहेको छ’, उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैले खसीबाख्रा पालेको थिएँ र ? छोरो जन्माएर पालेको थिएँ हजुर।’

आलम छुटेर आए आफू र परिवारका सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। ‘उनलाई जमानत मिल्नु हुँदैन। उनी पक्षधरले हामीलाई मिल्न भनिरहेको छ’, उनले भने, ‘मुद्दा फिर्ता ली नत्र तेरो म्याद छठसम्म मात्र छ भन्छन्। मैले यो कुरा प्रहरीलाई भनेको छु।’

प्रकाशित मिति: : 2019-10-23 08:12:11

प्रतिकृया दिनुहोस्