वामदेवको ‘उपाध्यक्ष’ पद दुई महिनादेखि अलपत्र

फाइल तस्विर

सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सत्तारुढ नेकपाको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ । गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा दुई महिनादेखि गौतमले जिम्मेवारी सम्हाल्न पाएका छैनन् । 

गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो । बैठकको निर्णयमा गौतमलाई उपाध्यक्ष बनाउनका लागि स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो । तर, अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब दश महिनासम्म बोलाइएको छैन । 

प्रकाशित मिति: : 2019-10-23 08:10:06

प्रतिकृया दिनुहोस्