तिहार नजिकिएसँगै बढ्यो पटाकाको अवैध आयात

तस्बिरः नेपाललाइभ

राजविराज- सप्तरी सदरमुकाम राजविराज–४, नेता चौकमा लुकाई राखिएको करिब डेढ लाख मूल्य बराबरको पटाका आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा पटाका बरामद गरेको हो।

यसअघि शुक्रबार सप्तरीकै बोदेबर्साईन नगरपालिका–९ देउरीवाट डेढ लाख तथा असोज ३० गते राति तिलाठी–कोईलाडी गाउँपालिका-१ स्थित बेल्हीबाट करिब २० हजार मूल्य बराबरको पटका बरामद भएको थियो। बेवारिसे अवस्थामा फेला परेको सो पटाका प्रहरी चौकी देउरी र तिलाठीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छन्।

 

 

 

 

प्रकाशित मिति: : 2019-10-22 06:59:45

प्रतिकृया दिनुहोस्