‘ठूला पार्टीका नेताले होटलका कोठा चाहार्नुभयो’

बिएल

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट १२१७ मतका साथ अध्यक्षमा निर्वाचित भएका कुमार पन्तले आगामी विश्व सम्मेलन काठमाडौंमा नगर्ने घोषणा किन गरे ?

यो प्रश्नबारे जिज्ञासा राख्दा नवनिर्वाचित अध्यक्ष पन्तले अनलाइनखबरसँग भने, ‘अस्ति हामीले होटल हायातमा देख्यौं, ठूला पार्टीका ठूला नेताहरुले होटलका कोठा चाहार्नुभयो । यो हाम्रो पार्टीको मान्छे हो, यसलाई जसरी पनि जिताउनुपर्छ भनेर लबिङ गरेको देखियो ।’

पन्तले थपे, ‘नेपालमा आएपछि राजनीतिक गतिविधिहरु बढ्ने गरेका छन् । यही कारणले पनि मैले काठमाडौंमा भोटिङ नगरेर अनलाइन प्रणालीबाट गर्ने योजना बनाएको हो ।’

विगतमा राम्रैसँग सम्मेलनहरु भए पनि यस वर्ष भने काठमाडौंमा एनआरएनएका नेताहरुको निकै आलोचना भयो । एनआएनएको सम्मेलनमा भाग लिन अष्ट्रेलियाबाट काठमाडौं आएका एक प्रतिनिधिले त्रिभुवन विमानस्थलमा वितण्डा मच्चाएपछि सामाजिक सञ्जालमा समग्र संस्थामाथि नै आलोचना भयो । अर्कोतर्फ सम्मेलनकै क्रममा पनि देखिएको भद्रगोल व्यवस्थापन, हुलदंगा र नाराजुलुस जस्ता क्रियाकलापले एनआरएनए आलोचित बन्न पुग्यो ।

प्रकाशित मिति: : 2019-10-20 07:44:38

प्रतिकृया दिनुहोस्